पोखरा महानगरपालिकाले महेन्द्रपुलस्थित भाडामा लगाइएकाे आफ्नै संरचना हटाएकाे छ । भवन पूरानाे भएकाले जीर्ण रहेकाे र लामो समयदेखि व्यवसायीले भाडा बापतको रकम पनि नतिरेपछि भवनमा डाेजर चलाएकाे हाे ।
पाेखराका मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी लगायतकाे टाेली डाेजरसहित विहीबार बिहानै महेन्द्रपुल पुगेका थिए । पटक पटक सूचना जारी गर्दै व्यवसायीलाई उक्त स्थान खाली गर्न महानगरले आग्रह गरेकाे थियाे ।
महेन्द्रपुल चोकका ती भवनमा सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी संचालन हुँदै आएका छन् भने ३२ सटरमा व्यापार व्यवसाय हुँदै आएको थियाे । तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन बाँकी छ । लायन्स क्लब अफ पाेखरा लेकसिटीले २ वटा सटर भाडामा लगाई सार्वजनिक शाैचालय समेत अर्कैलाई चलाउन दिएर रकम असुल्दै आएकाे थियाे । भवन हटाएपछि उक्त स्थलमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको वडाध्यक्ष मर्सानीले सुनाए ।
२०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी भत्काइएपछि अब आर्ट ग्यालरी र पुस्तकालयलाई अन्यत्र व्यवस्थापन गर्ने मेयर आचार्यले बताएका छन् । त्यहाँबाट हट्ने पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकस्थित ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने मेयर आचार्यले जानकारी दिए ।
सम्बन्धित समाचारः
महेन्द्रपुलकाे सार्वजनिक जग्गामा बनेका भवनहरू भदाै २२ गते भत्काइने !
महेन्द्रपुलबाट पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय हटाईदैं
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर