काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन्।
काठमाडौँमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई आज शुक्रबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले साँध सीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने काममा गठबन्धन लागिरहेको टिप्पणी गरेका हुन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गायब बनाइएको बताए।
उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा लुकाएर बुच्चे नक्सा सार्वजनिक गरिँदैछ, यसप्रति खेद प्रकट गर्ने कि नगर्ने? दलको साँधसीमा राखेर होइन, राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने, आँच पुर्याउने कुरा हो। यसप्रति दुःख व्यक्त गर्नुपर्छ। यो कुनै पार्टी विशेष प्रचारको कुरा होइन, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा हो। गठबन्धन सरकारका प्रधानमन्त्रीज्यूको फोटो टाँसेको एक सय दिनका कामहरू भनेर उल्लेख गरेको पुस्तिकामा चुच्चे नक्सा मेटेर बुच्चे नक्सा बनाइएको छ। यसप्रति खेद व्यक्त गर्ने कि नगर्ने? यस्ता कुराहरू जनताले बुझ्नुपर्छ। देशभक्ति, स्वाभिमानको कुरा गर्ने, गठबन्धन बनाउने तर यसको बारेमा चुँसम्म नबोल्ने?’
सम्बन्धित खबर
नेपालबाट भैँसीको मासु लैजान चीन तयार
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
‘यो सरकारले सिन्को भाँचेन, जसरी पनि टिपेर मिल्काउनुपर्छ’ – ओली
एमालेले पार्टीका नाममा चलाइएका ‘फेक आइडी र पेज’ सञ्चालकलाई कारबाही गर्ने
मान्छे मारेर सर्वस्वसहित जन्मकैद भोगिरहेका गुन्डा नाइकेलाई राष्ट्रपतिबाट आममाफी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि