पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले ९ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ ।
प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ३(ज) बमोजिम उनीहरुलाई मनोनयन गरिएको परिषदले जनाएको छ । गत भदौ ८ गते यूवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष समेत रहेका राजिव गुरुङको अध्यक्षतमा सम्पन्न वोर्ड बैठकले उनीहरुलाई मनोनयन गरेको परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले जनाएका छन् ।
परिषदको सल्लाहकारमा मनोनयन हुनेहरुमा खड्ग बहादुर रानाभाट (कास्की), गणेश बहादुर भट्टराई (कास्की), देवेन्द्र शेरचन (कास्की), इन्द्र बहादुर गुरुङ (गोरखा), सम्पन्न श्रेष्ठ (बागलुङ), महेश गुरुङ (कास्की), सुनिल गुरुङ (कास्की), दिनेश श्रेष्ठ (कास्की) र ओम बस्नेत (कास्की) रहेका छन् ।
मनोनयनमा पर्ने रानाभाट राखेपका पूर्व वोर्ड सदस्य हुन भने भट्टराई बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी संगै पर्यटन व्यवसायी समेत हुन् । त्यसै गरी शेरचन नेपाल लोकतन्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष हुन् । मनोनयनमा परेका गोरखाका गुरुङ मेटिभेटर संगै नेपाल ओलम्पिक कमिटी साइकोलोजी कमिसनका संयोजक हुन् । बागलुङका श्रेष्ठले यस अघि पश्चिमाञ्चल क्षेत्रिय खेलकुदको अध्यक्ष संगै राखेपको वोर्ड सदस्य समेत रहेर नेतृत्व गरिसकेका छन् भने कास्कीका गुरुङ क्षेत्रिय खेलकुदको पूर्व उपाध्यक्ष हुन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’