पोखरा । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २८ र २९ गते पोखरामा हुने भएको छ । राष्ट्रिय सम्मेलन आयोजक समितिले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । संघ नेकपा (एमाले) को जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्र्तगतको एक महत्वपूर्ण घटक हो ।
सम्मेलन भव्यताका साथ सफल पार्न गत साउन १४ गतेको भेलाले बेदबहादुर गुरुङ (श्याम)को संयोजकत्वमा १४१ सदस्यीय सम्मेलन आयोजक समिति, पोखरा गठन गरेको छ । संयोजक गुरुङका अनुसार सम्मेलन सम्पन्नार्थ १२ वटा उपसमितिहरुले तयारीलाई तीब्रता दिएका छन् ।
‘तमु जाति, भाषा र संस्कृतिः हाम्रो पहिचान, राष्ट्रको सम्पति’ नाराका साथ दुई दिन पोखरामा हुने दोस्रो राष्ट्रिय सम्मेलनको पहिलो दिन भदौ २८ गते बिहान ११ बजे मानवअधिकारचोक चिप्लेढुंगाबाट मौलिक भेषभुषा, झाँकीसहित बृहत ¥यालीसहित पोखरा सभागृहमा पुगी समुदघाटन समारोहमा परिणत हुने कार्यक्रम रहेको छ।
सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन एवम् सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा लामो समय तमु समुदायका लागि योगदान पु¥याएकोमा तमु अगुवा कर्म तमु, गोर्खा आन्दोलनको जिउँदो ईतिहास पदमबहादुर गुरुङ, पोखराका पूर्व उपमेयर क्या.मानबहादुर गुरुङलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
यस्तै, तमु समुदायको आदिकवि स्व. हर्कबहादुर गुरुङलाई तमु भाषा, साहित्य र जनचेतना अभिवृद्धिमा योगदान वापत मृत्यु पर्यन्त सम्मान गरिने संयोजक गुरुङले जानकारी दिए ।
सम्मेलनमा ५० जिल्ला र १६ वटा तमु संघ संस्थाबाट ६५० प्रतिनिधीहरुको सहभागिता रहनेछ भने सम्मेलन सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ । दोस्रो सम्मेलन पनि पोखरामै हुन लागेको हो ।
यसअघि, २०६३ असार २४ गते पोखरामा आयोजित ऐतिहासिक प्रथम राष्ट्रिय भेलाले तमु (गुरुङ) हरुको सशक्त, जुझारू संगठनको आवश्यकता महसुस गरी नेपाल लोकतान्त्रिक तमु संघको २०६३ मंसिर २७ र २८ गते पोखरामा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले किरण गुरुङको अध्यक्षतामा केन्द्रिय समिति गठन गरी ४० वटा जिल्लाहरुमा जिल्ला समिति गठन गरी क्रियाशिल रहँदै आएको छ ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ