सन्दीप लामिछानेलाई अध्यागमन विभागले राख्यो कालोसूचीमा

सन्दीप लामिछानेलाई अध्यागमन विभागले राख्यो कालोसूचीमा

Sandeep 0000

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। उनीविरुद्ध नाबालिका बलात्कारको आरोपमा परेपछि अध्यागमनले कालोसूचीमा राखेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध एक १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको छ।

सन्दीपले भदौ ५ गते राति गौशालास्थित एक होटलमा आफूमाथि जबर्जस्ती करण गरेको भन्दै १७ वर्षीय नाबालिगले भदौ २१ मा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। उक्त उजुरीपछि प्रहरीले घटनाबारे प्रमाण संकलन र पीडित पक्षको बयान लिएको छ।

सन्दीप भदौ ६ गते केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या पुगेका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी उत्तर अमेरिकी देश सेन्ट लुसियामा छन्।

अध्यागमनले उनलाई नेपाल आउनासाथ पक्राउ गर्नेगरी कालो सूचीमा राखेको जनाइएको छ।

सन्दीपले आफूमाथि लागेको आरोप अस्वीकार गरे पनि नेपाल क्रिकेट संघले समेत उनलाई निलम्बन गरिसकेको छ। साथै उनलाई थप अनुसन्धानका लागि पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमतिसमेत दिइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ