पोखरा । पोखराको बसपार्क क्षेत्रमा सहारा क्लवले यस बर्ष पनि सरसफाई गरेको छ । क्लवले आफ्नो २४ औं बार्षिकोत्सवको अवसरमा मंगलबार पृथ्बी बसपार्क क्षेत्रमा बृहत सरसफाई गरेको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए ।
सरसफाई कार्यक्रममा पोखरा ९ का वडा सदस्य नन्दुराम गिरीले कार्यक्रम संयोजक ज्योति केसीलाई डोको र कुचो हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन्। कार्यक्रममा बोल्दै उनले क्लवले निरन्तर रुपमा समाजिक कार्यमा लाग्दै आहा रारा गोल्ड कप संचालन गर्दै आएमा प्रशंसा गरे ।

कार्यक्रममा पृथ्बीचोक बसपार्क टोल विकास संस्था, सत्यश्वर आमा समुह, स्थानिय होटल व्यवसायी, क्लवका पदाधिकारी, सदस्य सहित स्थानियको सहभागिता रहेको सचिब सुनिल रानामगरले बताए । पोखरा महानगरका सरसफाई शाखाका नासु हर्क गायक सहितको टोलीको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।
यसैबिच, क्लवले आज (बुधबार) क्लवको परिसरमा खुल्ला रक्तदान कार्यक्रमको समेत आयोजना गरेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।
क्लबले यहि भदौ ३० गते साधारण सभाको कार्यक्रम तय गरेको छ । उक्त अवसरमा खेल पत्रकार नारायण शाहीलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार बाट पुरस्कृत गर्ने भएको हो ।
सम्बन्धित खबर
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना