पोखरा । पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समितिले खेलाडीलाई १० लाख रूपैयाँ बराबरको खेल सामग्री वितरण गरेको छ । नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा शुक्रबार पोखरा रंगशालामा खेलसम्बद्ध संघसंस्था, प्रशिक्षक र खेलाडीलाई खेलकुद विकास समितिले सामग्री वितरण गरेको हो हो ।
बास्केटबल, भलिबल, फुटबल, आइटिएफ तेक्वान्दो, केन्पो काइ, बक्सिङ, मुआ थाइ, उसु, एथलेटिक्स, कराँतेलगायत खेलका संघसंस्था, प्रशिक्षक र खेलाडीलाई १ देखि ६६ थानसम्म सामग्री वितरण गरिएको छ ।
खेल सामग्री वितरण गर्दै मेयर आचार्यले असोज अन्तिममा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी मिहिनेत गर्न प्रशिक्षक र खेलाडीलाई आग्रह गरे । ‘पोखरा उत्कृष्ट आतिथ्यता दिने सहर हो । पाहुनालाई सम्मानजनक व्यवहार गर्न चुक्न हुँदैन,’ उनले भने, ‘सम्मान त गर्ने हो, त्योसँगै पदक पनि जित्नुपर्छ । ३६ खेलमध्ये धेरैभन्दा धेरै खेलमा पदक गण्डकी प्रदेशले ल्याउने गरी मिहिनेत आवश्यक छ ।’
नवौँ राष्ट्रिय खेलकुद सफल पार्न स्थानीय आयोजक भएको नाताले पोखरासँगै प्रदेशका खेल संघ र खेलाडी लाग्नुपर्ने उनले बताए । ‘राम्रो भयो भने त्यसको जस् हामीले नै पाउँछु । केही नराम्रो भए पोखरा र हाम्रै बद्नाम हुने हो । खेलसँग सम्बन्धित सबै अनुशासित र मर्यादित हुन जरुरी छ,’ उनले भने । पोखराबाट राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रशिक्षक उत्पादन गर्ने गरी योजना ल्याउने मेयर आचार्यले बताए ।
थोरै बजेट भए पनि सके जति खेललाई सामग्री बाँडेर सम्बोधन गर्ने प्रयास गरेको खेलकुद विकास समिति अध्यक्ष दिपकबहादुर गोदारले बताए । नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलाई यसपटक सम्बोधन गरेको उनको भनाइ थियो ।
खेलकुद विकास समितिको कार्यालय मेयर आचार्यले शुक्रबार नै रंगशालामा उद्घाटन गरेका छन् । यसअघि कार्यालय ड्यामसाइडस्थित शिक्षा महाशाखासँगै थियो । खेलसम्बद्ध निकाय भएको र रंगशालामा राख्दा कार्यसम्पादनमा सहज हुने भएकाले कार्यालय सारिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?