पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक भू पू सैनिक संगठन कास्कीको अध्यक्षमा भू पू सेनानी गणेश पौडेल क्षेत्री निर्वाचित भएका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालयमा भएको जिल्ला अधिवेशनले तदर्थ समितिका अध्यक्ष क्षेत्रीलाई नै सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
संगठनका केन्द्रिय अध्यक्ष भू पू महासेनानी प्रकाश जंग कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा भू पू सुबेदार बालाजी थापा, सुबेदार कृष्ण बहादुर जीशी, क्याप्टेन फम बहादुर सिंह र बि एच एम लक्ष्मण रानाभाट गरि ४ जनालाई चयन गरेको छ भने सचिवमा हवल्दार तोत्र बाँनिया, जमेदार पदम तिमिल्सेना र हवल्दार प्रेम खड्का गरि ३ जनालाई चयन गरेको छ।
त्यस्तै कोषाध्यक्षमा मा उपसेनानी भुवन सिंह थापा र सहस्यहरुमा जमेदारहरु भारतराज तिवारी, हरि बहादुर पौडेल, बराल, रामजी खत्री, पराक्रम ठकुरी, उदय बन्जरा र रुद्रबहादुर , सुबेदार शिबहरि, ईश्वरी चांपागाई, हवल्दार भरत बहादुर भण्डारी, सेनाहरु मैतलाल गुरुङ र बल बहादुर केसी चयन भएका छन्। राप्रपा कास्कीका सचिब भानु भण्डारी, प्रवक्ता अरुण गिरी र कास्की क्षेत्र न १ प्रदेश सभा क अध्यक्ष प्रकाश केसीको निर्वाचन समितिले सो कार्यसमिति चयन प्रक्रिया सम्पन्न गरेको थियो। भू पू सैनिक संगठनको जिल्लाको अध्यक्षमा निर्वाचित भएसँगै क्षेत्रीले देशको अवस्थालाई मध्येनजर गर्दै सम्पूर्ण भू पू सैनिकहरु एकजुट हुनेपर्ने बेला आएको बताए। ‘ देशलाई पुनः हाम्रो खाँचो परेको छ तर फरक भूमिकामा, त्यसैले देश बचाउन राप्रपामा एकजुट हौ।’ उनले भने।
क्षेत्रीले राप्रपाको विचार र एजेण्डालाई लिएर आफू कास्कीका भू पू सैनिकहरु माझ जाने र सम्पूर्ण राष्ट्रबादी भू पू सैनिकहरुलाई संगठित गरि पार्टीको हितमा काम गर्ने प्रतिबद्धता जनाए । सेनानी गणेश पौडेल क्षेत्री पोखरा १४ चाउथेका स्थायी बासिन्दा हुन । ५० वर्षीय क्षेत्रीले २८ वर्ष नेपाली सेनामा रहेर देशको सेवा गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’