Gandak News
Our News Your Views
Promote your business here Gandaknews

स्वतन्त्रका राष्ट्रिय अध्यक्षलाई प्रवल जनसेवाश्री

पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन्।

राष्ट्रपतिबाट संविधान दिवसको दिन प्रदान गरिने सो पदकबाट उनी सम्मानित भएका हुन्।

आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक समेत रहेका बास्तोला पत्रकारितामा विगत ४२ वर्षदेखि निरन्तर क्रियाशील छन्।

यसअघि उनी प्रजातन्त्र सेनानीको नाउँमा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, हिमदूत पत्रकारिता पुरस्कार, रोयल सहकारी पत्रकारिता पुरस्कार, इर्खबहादुर श्रीप्रभा गुरुङ स्मृति पुरस्कार र गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका थिए।

उनका चार वटा मौलिक कृति तथा छ वटा सम्पादित कृति प्रकाशित छन्।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस