Gandak News
Our News Your Views
Promote your business here Gandaknews

धादिङको गजुरीमा बसको ठक्करबाट एक बालकको मृत्यु, पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरीमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

काठमाडौंबाट गोरखाका लागि छुटेको रा १ ख ४५६५ नम्बरको बसले बिहान पौने १० बजे ठक्कर दिँदा धादिङको गजुरी गाउँपालिका–१ बैरेनीका दिलबहादुर नेपालीका ६ वर्षका छोरा विजयको मृत्यु भएको प्रहरीले जनाएको छ।

आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने विजयलाई बाटो काट्ने क्रममा जेब्राक्रसमा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटना पछि आक्रोशित स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन्।

आक्रोशित स्थानीय बासिन्दाले शव सडकमा नै राखेर प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस