आज सोह्रश्राद्ध सकिँदै, भोलिबाट दशैँ सुरु

आज सोह्रश्राद्ध सकिँदै, भोलिबाट दशैँ सुरु

सोह्रश्राद्ध

काठमाडौं। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिँदैछ।

हिन्दु परम्पराअनुसार आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ।

सोह्र श्राद्धको अन्तिम दिन, आश्विन कृष्ण पक्ष औँसीलाई सर्व पितृ मोक्ष औँसी भनिन्छ।

यस दिन अगावैका तिथिहरूमा तिथि थाहा भएका पितृहरूको श्राद्ध गरियो भने आजका तिथिमा चाहिँ तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्र श्राद्धको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ।

यस दिनमा श्राद्ध गर्दा सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता छ।

चाड पर्व, यज्ञ तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ।

सोह्रश्राद्ध सकिएसँगै भोलिदेखि बडादसैँको नौरथा सुरु हुँदैछ।

यस वर्ष घटस्थापनाको शुभ साइत (भोलि) असोज १० गते बिहान १० बजेर २३ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ