Gandak News
Our News Your Views

लोहोरोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

शीतगङ्गा नगरपालिका–३ खस्रकाका ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर ५० वर्षीया श्रीमती मनकला भुसालको हत्या गरेका हुन्। मनकलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

घरमा दुई जनाबीच झगडा हुँदा श्रीमानले मसाला पिस्न प्रयोग हुने लोहोरोले श्रीमतीलाई हानेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

मृतकको शव पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको प्रहरीले जनाएको छ।

मृतकका श्रीमान् पिताम्बरलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइ घटनाको विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ।

लोड हुँदै ...