रवीन्द्र मिश्रले छाडे विवेकशील साझा

रवीन्द्र मिश्रले छाडे विवेकशील साझा

Rabindra-Mishra

काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन्।

निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले सोमबार पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन्।

उनले सोमबार राति ९ बजेतिर सामाजिक सञ्जालमा लेख्दै पार्टी अध्यक्षसमक्ष राजीनामा पत्र पेस गरेको जानकारी दिएका छन्। मिश्र राप्रपामा जाने तयारीमा छन्।

मिश्र तत्कालीन साझा पार्टी (पछि विवेकशील साझा पार्टी) का संस्थापक अध्यक्ष हुन् ।

गत स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो नतिजा नल्याएपछि उनले अध्यक्षबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ