मनास्लु हिमपहिरोः ज्यान गुमाउनेको परिचय खुल्यो, १० जनाको सकुशल उद्धार

मनास्लु हिमपहिरोः ज्यान गुमाउनेको परिचय खुल्यो, १० जनाको सकुशल उद्धार

Manaslu

तस्बिर : सामाजिक संजाल

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी ज्यान गुमाएका एक जनाको परिचय खुलेको छ।

ज्यान गुमाउनेमा सङ्खुवासभा घर भएका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

यस्तै, हिमपहिरोमा परेका अरु १० जनाको सकुशल उद्धार गरिएको छ। सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप छ जनाको आज बिहान उद्धार गरिएको प्रहरीले जनाएको छ।

हिमपहिरामा परेकाहरुको उद्धारका लागि आज बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ