धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु, आठ घाइते

धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु, आठ घाइते

Tipar

धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ।

शनिबार दिउँसो कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै सडकमा पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनामा कपिलवस्तु तौलिहवाका अन्दाजी २६ वर्षका सद्दाम अन्सारी र सोही ठाउँका ३५ वर्षका इन्द्रजित पासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उनीहरुको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटना परी ८ जना घाइते भएका छन् । उनीहरुको धादिङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

रड,फलामका सामानहरु बोकेको ट्रक आफैं अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds