पोखराको बिग क्लब ‘क्याटवाक’ मा राजु लामा “मङ्गोलियन हर्ट” को लाईभ हुने भएको छ। चर्चित गायक “राजु लामा” को सांगीतिक ब्याण्ड मङ्गोलियन हर्ट दशैँ पुर्णिमाको उपलक्ष्यमा ‘क्याटवाक’मा आगामी आइतबार (अशोज २३) लाइभ कन्सर्ट हुने भएको हो ।
“सायद तिम्रो बाटोमा”, “पर्खाइमा भिज्यो सिरानी”, “हेर्दा हेर्दै”, “दिल बस्यो”, “म माया लाउदिन “, जस्ता हिट नम्बर दिएका गायक राजु लामा “मङ्गोलियन हर्ट” ब्याण्ड क्याटवाकमा लाइभ कन्सर्टको तैयारी पुरा भएको र टिकट बिक्री भइरहेको क्याटवाकका संचालक गुप्त लामाले जानकारी दिए ।
संचालक लामाका अनुसार मंगोलियन हार्ट ब्याण्ड र लोकप्रिय गायक राजु लामा सांगितिक कार्यक्रमका लागि पोखरा आईपुगेका छन् । गत भदौ २ गते खहरेचोकमा स्थापना भएको क्याटवाकमा राजु लामा “मङ्गोलियन हर्ट” लाई प्रत्यक्ष सुन्न, हेर्न पहिलो चरणको टिकट मूल्य १५ सयदेखि २ हजार रुपैयाँ राखिएको छ । त्यसपछिको टिकट मूल्य २५ सय रुपैयाँसम्म पुग्नेछ । छिटो टिकट खरिद गर्नेहरुलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट बिक्री गरिएको आयोजकले जनाएको छ ।
अनुमानित ३० करोड रुपैयाँ बढी लगानीमा खोलिएको क्याटवाकले एकैपटक २ हजार बढीलाई रेस्टुरेन्ट र फ्लोरमा सेवा दिन सक्नेछ ।क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरको रहेको संचालक लामाले जानकार गराएका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ