गण्डकीका मन्त्री दीपक मनाङे जीतका लागि फेरि एमालेतिरै, भन्छन्ः गठबन्धनका मान्छे ठीक छैन

गण्डकीका मन्त्री दीपक मनाङे जीतका लागि फेरि एमालेतिरै, भन्छन्ः गठबन्धनका मान्छे ठीक छैन

deepak manange

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे अन्ततः एमालेतिरै लागेका छन् । गत निर्वाचनमा पनि उनी एमालेकै सहयाेगमा स्वतन्त्र जितेका थिए ।

सत्ता गठबन्धन र नेकपा एमाले दुवैतर्फ तानातानमा परेका मनाङेको लागि कांग्रेसले पनि क्षेत्र खाली गरिदिएको थियो । तर आफूलाई एमाले नै मन परेको र गठबन्धनका मान्छेहरू ठिक नलागेको भन्दै उनी एमालेको समर्थनमा मनाङको प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।

एमालेबाट प्रतिनिधि सभामा पोल्देन छोपाङ गुरुङ उम्मेदवार छन् भने प्रदेश १ मा जिल्ला सचिव राजन गुरुङ उम्मेदवार बनेका छन् । मनाङेले अघिल्लो पटक पनि एमालेकै सहयोगमा जितेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ