गण्डकीका मन्त्री दीपक मनाङे जीतका लागि फेरि एमालेतिरै, भन्छन्ः गठबन्धनका मान्छे ठीक छैन

गण्डकीका मन्त्री दीपक मनाङे जीतका लागि फेरि एमालेतिरै, भन्छन्ः गठबन्धनका मान्छे ठीक छैन

deepak manange

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे अन्ततः एमालेतिरै लागेका छन् । गत निर्वाचनमा पनि उनी एमालेकै सहयाेगमा स्वतन्त्र जितेका थिए ।

सत्ता गठबन्धन र नेकपा एमाले दुवैतर्फ तानातानमा परेका मनाङेको लागि कांग्रेसले पनि क्षेत्र खाली गरिदिएको थियो । तर आफूलाई एमाले नै मन परेको र गठबन्धनका मान्छेहरू ठिक नलागेको भन्दै उनी एमालेको समर्थनमा मनाङको प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।

एमालेबाट प्रतिनिधि सभामा पोल्देन छोपाङ गुरुङ उम्मेदवार छन् भने प्रदेश १ मा जिल्ला सचिव राजन गुरुङ उम्मेदवार बनेका छन् । मनाङेले अघिल्लो पटक पनि एमालेकै सहयोगमा जितेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ