नाबालिक बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

नाबालिक बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

wd-2

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्।

पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ। दसैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि बलात्कार गरेको जाहेरी किशोरीले दिएकी हुन्।

अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको र यस विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत वैशाखमा भएको स्थानिय निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेस पार्टीबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds