पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ स्थित बहादुरे माविले विद्यालयको चन्दादाता अष्ट्रेलियन नागरिक डा. स्याली नोम्सलाई सम्मान गरेको छ ।
बुधबार आयोजित एक कार्यक्रमका बिच वीन विल्डरनेस कम्युनिटी अष्ट्रेलियाका प्रमुख डा. नोम्सलाई विद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको हो ।
उक्त अवसरमा कुसुदेबु जनस्वास्थ्य केन्द्रका अध्यक्ष आङछिरिङ शेर्पालाई पनि सम्मान गरिएको छ ।
डा. नोम्स अध्यक्ष रहेको अष्ट्रेलियन संस्था वीन विल्डरनेस कम्युनिटीले विद्यालयमा आर्थिक सहयोग, बहादुरे विद्यालय क्लिनिक, विभिन्न छात्रवृत्ति लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
संस्थाले विगत केही महिनादेखि सञ्चालन गरेको विद्यालय क्लिनिकमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानियलाई निःशुल्क स्वास्थ्य सम्बन्धी उपचार दिनका लागि एक जना हेल्थ असिस्टेन्ट सहितको सेवा शुरु गरेको छ ।
संस्थाले कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने अनिता विकलाई छात्रवृत्ति वितरण गर्नुका साथै ताम्रपत्रद्वारा सम्मान गर्नुका साथै गरिव तथा जेहेन्दार १२ जनालाई आवासीयसहितको पठनपाठनमा सहयोग पुर्याउँदै आएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा डा. स्याली नोम्सले विद्यालयसँग आफू जोडिन पाउँदा खुसी लागेको बताइन् । उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासको क्षेत्रमा आफू र आफ्नो संस्थाले सानो सहयोग मात्रै गरेको भन्दै यसलाई पछिसम्म पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइन्दल गुरुङले डा. नोम्सले आफ्नो विद्यालयमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरे ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षसमेत रहेका गुरुङले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि पालिकासँगै अन्य सहयोगी संस्थाहरुसँग सहकार्य गरेर आगामी दिनमा अगाडि बढ्ने बताए ।
विद्यालयका प्रध्यानाध्यापक रामप्रसाद पौडेलले विद्यालयको शैक्षिक विवरण पेश गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ताइकाजी गुरुङ, अनिल कुमार गुरुङ, शिक्षक अभिभावक समितिका अध्यक्ष मान बहादुर केसी, पूर्व विद्यार्थी सोफिया गुरुङ, पूर्व शिक्षक आशबहादुर गुरुङ लगायतले बोलेका थिए ।
सोही क्रममा आफ्ना बुबाआमाको स्मृतिमा रुद्र पौडेल, शान्ति पौडेलले ५० हजार रुपैयाँ बराबरको खेमलाल–नन्दकली अक्षयकोष स्थापना गरेको विद्यालयका सहायक प्रधानाध्यापक सिद्धीराज सुवेदीले जानकारी दिए ।
कार्यक्रममा डा. नोम्ससहितको टोलीलाई पञ्चेबाजा र सांस्कृतिक कार्यक्रमसहित विद्यालयमा स्वागत गरिएको थियो ।
कक्षा १२ सम्म अध्यापन हुँदै आएको विद्यालयमा १५० जना विद्यार्थी अध्यनरत छन् ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो