गोप्य रुपमा पाहुनाहरुको अश्लील भिडियो खिच्ने होटल म्यानेजर पक्राउ

गोप्य रुपमा पाहुनाहरुको अश्लील भिडियो खिच्ने होटल म्यानेजर पक्राउ

Mukesh-mali

काठमाडौं । लजको कोठाभित्र गोप्य क्यामेरा राखेर अश्लील भिडियो खिचेको आरोपमा काठमाडौंमा एक जना होटल म्यानेजर पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर चन्द्रागिरि घर भएका ४२ वर्षका मुकेश माली रहेका प्रहरीले जनाएको छ ।

उनले लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त महाराजगञ्जबाट टोली खटिएको थियो । उक्त टोलीले होटलमा पुगेर मालीको मोबाइल जाँच गर्दा होटलमा बसेका विभिन्न ब्यक्तिहरूका रेकर्डेड भिडियो फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथमा रहेको आइफोन १२ प्रो म्याक्स पनि बरामद गरेको छ ।

माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ