पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी तीव्र छ ।
निर्वाचनको समयमा भ्रामक, दुष्प्रचार तथा द्धेष फैलाउने किसिमका समाचार आइरहेका हुन्छन् । त्यसैले निर्वाचनमा निष्पक्ष भएर पत्रकारिता गर्न सचेत गराउने उद्धेश्यले मिडिया एक्शन नेपालले देशका सात वटै प्रदेशमा विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारका लागि निर्वाचनमा निष्पक्ष रिपोर्टिङ तथा दुष्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम विषयक कार्यशालाको आयोजना गर्यो ।
विभिन्न चरणमा असोज १२ देखि सुरु भएको एक दिने प्रदेश स्तरीय कार्यशालाको अन्तिम दिन शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भयो । कार्यशालाका सहजकर्ता तथा मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले पत्रकारले विशेषत् निर्वाचनको समयमा समाचारको तथ्य जाँच पटक पटक गर्नु पर्नेमा जोड दिए । उनले निर्वाचनका बेला उम्मेदवार तथा राजनीतिक दलहरुले पत्रकारलाई माध्यम बनाएर आफ्नो प्रचारप्रसार गर्न सक्ने भएकाले पत्रकार अझ बढी चनाखो बन्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले निर्वाचनको समयमा पत्रकार कुनै प्रलोभनमा नपरी सत्य समाचार बाहिर ल्याउनु पर्ने बताइन् । अहिलेसम्मको निर्वाचनमा गण्डकी प्रदेशमा अमर्यादित तथा भ्रामक किसिमका समाचार सम्प्रेषण कमै हुने गरेको दाबी गर्दै उनले पत्रकारिताको आचारसंहिता भित्र रहनुपर्नेमा सचेत गराइन् ।
मिडिया एक्शन नेपालका सचिव गणेश घिमिरेले पत्रकारले मानव अधिकारको मुद्धामा संवेदनशील र सन्तुलित भएर रिपोर्टिङ गर्नुपर्ने बताए ।
यस्तै कार्यशालाका सहजकर्ता मानवअधिकार विशेषज्ञ सन्तोष क्षेत्रीले डिजिटलाइज्ड समयमा पत्रकारका कारण दुष्प्रचार तथा द्धेष सजिलो संग फैलन सक्ने जोखिम भएकाले शब्द चयन तथा समाचारको दृष्टिकोणमा संवेदनशील हुन पत्रकारलाई आग्रह गरे ।
सहभागि पत्रकार सुमन गुरुङले निर्वाचनमा राजनीतिक दल र भोट मात्र नभइ निर्वाचनका अन्य मुद्धामा पनि लेख्ने बताउदैं निष्पक्ष रिपोर्टिङ गर्ने प्रतिबद्धता जनाए । यस्तै रिना थापाले कार्यशाला फलदायी भएको भन्दै दुष्प्रचार हुनसक्ने जोखिमबाट सचेत भइ रिपोर्टिङ गर्ने बताइन् । कार्यशालामा २० जनापत्रकारको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’