पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति कास्कीको ८ औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यहरुको पदस्थापन गरिएको छ ।
गत शनिबार सम्पन्न २१ औं साधारणसभा एवं ८ औं अधिवेशनबाट तुलसा जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।
प्रथम उपाध्यक्षमा परशुराम अधिकारी, द्वितीय उपाध्यक्षमा दिपक अधिकारी, महिला उपाध्यक्षमा रिता कार्की कुँवर, सचिवमा नारायण बहादुर सुनार, सहसचिवमा रचित पौडेल, कोषाध्यक्षमा नवराज अधिकारी र सहकोषाध्यक्षमा दुर्गा क्षेत्री चुनिए ।
दस्यहरुमा सुनिल गायक, बज्रराज अधिकारी, कमला केसी, भानु पौडेल, बिनोद रामदाम, दिवाकर भन्डारी, किसान नेपाली, प्रकाश आचार्य, पुजा तामाङ, मनोज नेपाली, समिर रामदाम, श्याम बहादुर क्षेत्री, श्याम बहादुर अधिकारी, कृष्ण प्रसाद भट्टराई, कमला सुनार, राजेन्द्र पोख्रेल र आरति अधिकारी चयन भए ।
पदस्थापन कार्यक्रममा बोल्दै लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले काम गर्ने ब्यक्तिले नेतृत्व र जिम्मेवारी पाउने बताए । लोक तथा दोहोरीगीतमा अनुशासन कायम राख्दै कार्यकाल सफल बनाउन पनि उनले शुभकामना दिए । पराजुलीले कास्की जिल्ला देशकै लागि नमूना बन्नुपर्ने बताए ।
कार्यक्रम लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल, प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठान कास्कीका संस्थापक अध्यक्ष तारापति सुवेदी, पत्रकार श्याम कुँवर लगायतले प्रतिष्ठानको शाख उच्च बनाउन सुझाव दिए ।
नवनिर्वाचित अध्यक्ष र पदाधिकारीले न्युरोडमा रहेको कार्यालयमा पदस्थापन गरेका हुन् । नवनिर्वाचित अध्यक्ष तुलसा जिसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहसचिव रचित पौडेलले गरेका थिए ।

लोकदोहोरी गीत प्रतिष्ठान कास्कीकाे अध्यक्षमा तुलसा, उत्कृष्ट सदस्य रचित, उत्कृष्ट पत्रकार गिरी
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ