गोरखा नगरपालिका–५ का अध्यक्ष रानाको निधन

गोरखा नगरपालिका–५ का अध्यक्ष रानाको निधन

khila-rana

गोरखा । गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ।

भाइटीकाको दिन साँझ उनको निधन भएको हो। घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो। मृत्युको कारण भने अझै खुल्न सकेको छैन।

युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

रानाको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ।

वडाध्यक्ष रानामगर गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ