छठ पर्व : आज दोस्रो दिन खरना मनाइँदै

छठ पर्व : आज दोस्रो दिन खरना मनाइँदै

chhath-kharana

पोखरा । छठ पर्वको आज शनिबार दोस्रो दिन, खरना गरी मनाइँदै छ । दिनभर उपवास बसेका छठ व्रतालुले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने चलन छ ।

दिनभर उपवास बसेका छठ व्रतालुले आज साँझ नियम निष्ठाकासाथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिन्छन् ।

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ व्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो खाने खाएका कुरा खाएपछि शुक्रबार विधिवत रुपमा सुरु भएको हो । त्यस अघि व्रतालुहरुले माछा र कोदो बारेका थिए ।

भोली आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यको अर्घ दिइन्छ ।

चारदिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुने गर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds