पाेखरा । एकीकृत समाजवादी पार्टी कास्कीका सचिव हाेमबहादुर नेपाली नेकपा एमालेमै फर्किएका छन् । उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नं. २ ले शनिबार आयाेजना गरेकाे कार्यकर्ता भेलामा नेपालीलाई एमालेमा स्वागत गरिएकाे हाे ।
विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।
नेकपा (एस) का केन्द्रीय प्रतिनिधि सदस्यसमेत रहेका नेपालीले अब एस भन्ने पार्टी नेपालमै नरहने ठाेकुवा गरे । ‘माधव नेपाल र झलनाथ खनालकाे नाटक मञ्चनका पात्र म पनि भएँ । १ वर्षमा धेरै बुझेँ, भाेगेँ । अब त्याे पार्टी रहन्न । नेपालमै रहन्न । जाे गठबन्धनबाट जित्छन्, तिनीहरू मात्र रहनेछन् ।’ उनले थपे – ‘आज म एक्लै आएकाे छैन । हजाराैँ फर्किनेछन् । काे ढिलाे चाँडाे भन्ने मात्रै हाे । त्यहाँ विधि पद्धतिका कुरा गर्ने, आफै सांगठनिक पद्धतिमा नचल्ने, त्यस्ताे पार्टीमा काेहि बस्नेछैनन् । एमाले सक्न दिने छैनाैँ ।’
हिजाेकाे सहयाेद्धासँग एकसाथ पार्टी मजबुत बनाउन लागि पर्ने भन्दै उनले नेपाली कम्युनिष्ट आन्दाेलनकाे मूल प्रवाह नै नेकपा एमाले रहेकाे बताए ।

एमाले कास्की ईञ्चार्ज एवं केन्द्रीय सदस्य कृष्ण थापाले मुक्ति आन्दाेलनका नेता नेपाली पुन: घर फर्किँदा आफू हर्षित बनेकाे बताउँदै बाहिर रहेका सबैका लागि ढाेका खुला रहेकाे र विशाल हृदयले स्वागतका लागि आतुर रहेकाे बताए । सबै एक भएर सूर्य चिन्ह बाहक उम्मेदवारलाई भारी मतले जिताउनुपर्ने पनि थापाले बताए ।
कास्की क्षेत्र नं. २ (क) का उम्मेदवार एवं एमाले केन्द्रीय सदस्य भीम कार्कीले एमालेकाे महत्वपूर्ण खम्बा नेपालीलाई स्वागत गर्दै एउटा समुदायलाई पछाडि पारेर समाज र देश विकास सम्भव नभएकाले विगतका विभेदकाे क्षतिपूर्तिसहित सँगसँगै हातेमालाे गरेर एमाले अघि बढिरहेकाे बताए ।
कास्की क्षेत्र नं. २ (ख) का उम्मेदवार मीना गुरूङले उत्पीडित दलित उत्पीडित वर्गकाे पार्टी नेकपा एमाले भएकाले पार्टीमा उत्पीडित वर्गकाे सहभागिता अपरहार्य रहेकाे बताइन् ।
कार्यक्रममा संघीय समानुपातिक उम्मेद्वार नन्दकला नेपाली, क्षेत्रका समानुपातिक उम्मेदवार डा. छममाया पुन, एमाले कास्की सचिव बैन बहादुर अधिकारी क्षेत्री, मुक्ति समाज केन्द्रीय सचिव धनबहादुर नेपाली, जिल्ला सचिवालय सदस्य भेषराज बराललगायतले बाेलेका थिए ।
निर्वाचन परिचालन उपसमिति क्षेत्रीय संयाेजक मनबुजा विश्वकर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समाजका केन्द्रीय सदस्य किसान परियारले स्वागत एवं पार्टी प्रदेश कमिटि सदस्य बलराम गायकले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’