पोखरा । फुटबलर अञ्जन देवकोटालाई बगर भाइखलकले उपचारका लागि १ लाख आर्थिक सहयोग गरेको छ ।
पोखरेली फुटबलर देवकोटाको बायाँ घुँडाको अप्रेशनका लागि १ लाख सहयोग प्रदान गरिएको पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका भाइखलकका सदस्य इश्वर (चन्द्र) गुरुङले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका १ निवासी फुटबलर देवकोटालाई स्पोर्टस् क्यासलमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको हो ।
फुटबलर देवकोटा दमौलीमा भएको खेलमा घाइते भएका थिए ।
‘उनको सामान्य उपचारले मात्रै नहुने भएपछि अप्रेशन नै गर्नुपर्ने भनिएपछि हामीले केही आर्थिक सहयोग गरेका हौं, गुरुङले भने, ‘यो सहयोग रकम यथेष्ट नभएपनि केही सघाउ पुग्नेछ ।’
सहयोग ग्रहणपश्चात बोल्दै देवकोटाले बगर भाइखलकप्रति आभार प्रकट गरे । ‘मेरो खुट्टाको उपचारका लागि भाइखलकका मामाहरुले सहयोग जुटाइदिनु भयो । त्यसको लागि बगर भाइखलकका मामाहरुप्रति एकदमै आभारी छु ।’ उनले भने ।
उनले बगर भाइखलकसँगै अन्य विभिन्न व्यक्तित्वहरुले समेत सहयोग प्रदान गरिरहेको जानकारी दिदैं सफल अप्रेशनपछि फेरि खेलमा फर्किने बताए । ‘मेरो अप्रेशन सफल भइसकेपछि डाक्टरको सल्लाह सुझाव अनुसार म केही महिनाको बेडरेष्टमा हुनेछु, ‘पूर्ण रुपमा ठिक भएपछि फेरि मैदानमा फर्किनेछु ।’
फुटबलर देवकोटा विभिन्न प्रतिष्ठित क्लबहरुबाट फुटबल प्रतियोगिता खेल्दै आएका थिए ।
सोही कार्यक्रमकै अवसरमा पोर्चुगल जान लागेका क्लबका खगेन्द्र गुरुङ (कान्छा) लाई खलकका पदाधिकारीहरुले खादा लगाएर विदाई गरिएको थियो ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’