नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, दुई जना घाइते

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, दुई जना घाइते

dunga dubyo 1

नवलपरासी । नवलपरासी पश्चिम सुस्तामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

सुस्ता गाउँपालिका–४, नर्सहीमा रहेको नारायणी नदीको भङ्गालोमा सोमबार दिउँसो डुङ्गा पल्टिँदा दुर्घटना भएको हो।

डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।

दुर्घटनामा परि २२ वर्षका किशोर हरिजन र १५ वर्षीय सोहित सहानी घाइते भएका छन्। घाइतेहरूको शहीद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सुस्ता गोकुल नगरका युवाहरू नर्सही नजिक पटनहियामा पिकनिक खान गएका थिए। पिकनिक खाएर फर्किने क्रममा डुङ्गा दुर्घटनामा परेको हो। ७ जना पिकनिक खान गएकोमा दुई जना भने मर्चहवा गाउँतर्फको बाटो हुँदै घर फर्किएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ