श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

death body

दाङ । दाङमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्।

घोराही उपमहानगरपालिका–१३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकामगरले ३७ वर्षीया श्रीमती निरु रोकाको हत्या गरेपछि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बिहीबार राति घोराही–१५ स्थित निरूको फुपुको घरमा बास बस्न गएका दुवैजना शुक्रबार बिहान मृत फेला परेका हुन् ।

निरू एउटा कोठामा मृत फेला परेको र अर्को कोठामा नवीन झुण्डिएको अवस्थामा फेला परेका थिए।

निरुको घाँटी थिचेर हत्या गरेपछि नवीनले अर्कै कोठामा गएर आत्महत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds