पोखरामा विद्यालयमा खेल्ने क्रममा विद्यार्थीको ज्यान गयो

पोखरामा विद्यालयमा खेल्ने क्रममा विद्यार्थीको ज्यान गयो

brochure_Jyotikunj-School_about

पोखराको एक विद्यालयमा खेल्ने क्रममा विद्यार्थीको ज्यान गएको छ । पोखरा उत्तमचोक स्थित ज्योतिकुञ्ज सेकेण्डरी स्कूलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय बालक रोहित थापाको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ ।

सोमबार दिउँसो २ बजेतिरको समयमा विद्यालय हाताभित्रको मैदानमा रोहित खेलिरहेका थिए । फुटबलको गोल पोस्टको बारमा झुण्डिएर चिन–अप गर्ने क्रममा बार एक्कासी झरेर टाउकोमा लाग्दा थापा गम्भिर घाइते भएका थिए ।

तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएकोमा सवा २ बजे अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले गण्डक न्यूजलाई जानकारी दिए ।

पाल्पाको रम्घा ३ घर भएका थापा परिवार पोखरामा बस्दै आएका छन् । बालकको शव पोष्टमार्टमका लागि अस्पतालमा रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता तिवारीले जनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds