गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

tractor-accident

फाइल फोटो ।

गोरखा । गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा आरुघाट गाउँपालिका मान्बु घर भइ गोरखा नगरपालिका–५ सतिपिपलमा डेरा गरी बस्ने ३६ वर्षका राजु गुरुङ रहेका छन्।

गोरखा नगरपालिका–८ बराहमन्दिर नजिकै सोमबार राति ग १ त ४८७८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक गुरुङ गम्भीर घाइते भएका थिए।

उनलाई गोरखा अस्पतालबाट थप उपचारका लागि चितवन रेफर गरेकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

सहचालक गोरखा नगरपालिका–८ घर भएका ४३ वर्षका खुसबहादुर थापाको अवस्था भने सामान्य रहेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ