आफ्नै बाबुले गरे दुई वर्षीया छोरीको हत्या

आफ्नै बाबुले गरे दुई वर्षीया छोरीको हत्या

baby

ओखलढुंगा । ओखलढुंगामा दुई वर्षीया बालिकाको हत्या भएको छ।

सिद्धिचरण नगरपालिका–३ अधेरीमा सोमबार राति बुबा ३७ वर्षीय राजेन्द्र राईले खुकुरी प्रहार गरी आफ्नै छोरी दुई वर्षीया रितिका राईको हत्या गरेका हुन्।

राति मदिरा सेवन गरी घर आएका राईले वादविवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए। यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका हुन्।

राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको प्रहरीले जनाएको छ। घाइते दुवैको सामुदायिक अस्पताल सोबरुमा उपचार भइरहेको छ।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ