काठमाण्डौ। सरकारले ११ वटा सहकारी संस्थाका ऋणीलाई समयमा नै ऋण नतिरे कालो सूचीमा राख्ने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ११ वटा समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरूले समयमा नै ऋण चुक्ता नगरे कानून बमोजिम कालो सूचिमा राख्ने जनाएको हो।
समितिका अनुसार समस्याग्रस्त रहेका स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, लुः निभा बहुउद्देश्यीय सहकारी संस्था, प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ, कोहिनुर हिल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी संस्था, भेगास बचत तथा ऋण सहकारी संस्था, सोसाइटल बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
समितिका अनुसार ‘सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफूले तिर्नुपर्ने ऋणको साँवा ब्याज अनामनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको काठमाडौं कार्यालयमा बुझाउनुपर्ने अन्यथा का्नुन बमोजिम कारवाहीका साथै सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम निजको राहदानी रोक्का राख्ने र नाम कालो सूचिमा राखिने छ’, सूचनामा भनिएको छ।
सम्बन्धित खबर
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
स्याङ्जा प्रशासनको प्रभावशाली राजस्व सङ्कलन: राहदानीबाट मात्रै सात करोडभन्दा बढी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’