पोखरा । डोटी केन्द्रविन्दु भएर मङ्गलबार राति गएको भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन् ।
मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पमा परी मृत्यु हुनेमा चार जना बालबालिका र अन्य दुई जना रहेका छन्।
भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ५० वर्षीय पदम बोहराको घर भत्किदा उनकी ४० वर्षीया श्रीमती भगवतीदेवी बोहरा, ८ वर्षका छोरा हर्क बोहरा, १३ वर्षीया छोरी सिता बोहराको मृत्यु भएको छ ।
यस्तै सोही ठाउँका ५० वर्षीय प्रेम बोहरा र १४–१४ वर्षीया धनसरी र तुल्सी बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ।
बेपत्ता रहेका दुई जनाको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ।
भूकम्पमा परी घाइते हुनेमा ४५ वर्षीय महावीर बोहरा, ४० वर्षीया इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।
गैरागाउँमा ८ वटा घर भत्किएका छन्। भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ का धेरैजसो घर चर्किएको छ । भूकम्पपछि जोखिम बढेको र घर चर्किएका कारण स्थानीयवासीले चौरमा बसेर रात बिताएका छन् ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
सम्बन्धित खबर
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ जना घाइते
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरीव जनतामा आतंक मच्चायो: हर्क साम्पाङ
संसद् बैठकमा प्रधानमन्त्री अनुपस्थित
विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरिँदै
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य