पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले स्थानीय सरकारसँग सहकार्य गरेर नमुना पोखरा बनाउने बताएका छन् । घरदैलोमा व्यस्त उनले मतदातामाझ पोखरालाई अझ स्तरीय बनाउने भिजन रहेको सुनाए ।
‘यहाँको विकास गर्न भनेर नै मेरो उम्मेदवारी हो । एक पटक जिताएर पठाउनुहोस् । पोखरा साँच्चिकै पोखरा जस्तो बनाउनेछु,’ उनले भने, ‘योजना बनाउन सजिलो हुन्छ तपाईको साथ पाए भने कार्यान्वयन पनि तत्काल हुनेछ ।’ उनले समुन्नत नेपाल र सम्मानित नेपाली भन्ने मुल अवधारण सहित चुनावी मैदानमा उत्रेको सुनाए । ‘म उम्मेदवार बन्दै गर्दा प्रदेशले लिएका समृद्धिका आधार, पर्यटन, कृषि, उर्जा, उद्यमशीलता र पूर्वाधारलाई आत्मसाथ गर्ने प्रतिबद्धता गर्दछ,’ उनले भने, ‘समुन्नत प्रदेशको लागि सरकराले लिने नीति, योजना, रणनीतिक योजनलाई समर्थन गर्दै आफ्नो भूमिकामा खरो उत्रिने प्रण गर्दछु ।’
उनले निर्वाचनले प्रदेश संरचनाप्रति नागरिकको आकर्षण बढाउने र जनतलाई व्यवस्थाप्रति उत्साहपूर्ण आशाको सन्देश दिने विश्वास लिएको बताए । देशलाई काँध थाप्न सक्ने नेपालको मुल पार्टी नेपाली काँग्रेस र काँगे्रस सहितको गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले पोखरा –१० का मतदातासँग आग्रह गरे । उनले स्वास्थ्यको क्षेत्रमा बिमा कार्यक्रम अन्र्तगत सबै नागरिकको पहुँचसम्म पु¥याउन सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गरेर काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।
‘स्वास्थ्य क्षेत्रको स्तरबृद्धि गर्नेछु ,’ उनले भने, ‘अस्पतालहरुमा दक्ष चिकित्सकको व्यवस्था गरिनेछ । उपकरण सहितको स्वास्थ्य सेवा वडाबाटै उपलब्ध गराउन पहल गर्नेछु ।’ गुरुङले सिँचाई कार्यक्रम योजनालाई पनि अघि सारेको सुनाए । ‘घरमा प्रयोग गरि खेरजाने पानीबाट करेसाबारी सिँचाई गर्न सकिने खालका कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘वर्षातको पानी संकलन गरि सदुपयोग गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।’
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु