विकास र समृद्धिलाई भोटसँग जोड्न हुँदैन – किशोरदत्त बराल

विकास र समृद्धिलाई भोटसँग जोड्न हुँदैन – किशोरदत्त बराल

1

पोखरा। पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले विकास र समृद्वि देशको आवश्यकता भएको बताएका छन् ।

देशको अत्यावश्यक विषय विकास र समृद्वि जस्तो महत्वपूर्ण विषयलाई भोट र निर्वाचनसँग जोड्न नहुने उनको भनाइ छ । उनले समाजका लागि आवश्यक विकासप्रति आफू सम्वेदनशील रहेको बताए । सबै विकास एकै पटक सम्भव नहुने भन्दै प्राथमिकताको आधारमा गर्नुपर्नेमा जोड दिए ।

पोखरा ३० मा मतदातासँग भेटघाट गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई काँग्रेसले प्राथमिकता दिएको उल्लेख गरे । कास्की काँग्रेसका सभापति समेत रहेका उम्मेदवार बरालले सांसद बनेपछि पाँच वर्ष कुनै गुनासो नआउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गरे ।

‘सांसदमा निर्वाचित गर्ने जिम्मा तपाईहरुको भयाे– उनले भने – त्यसपछि गुनासो नआउने गरी काम गर्ने जिम्मा मेरो भयो ।’ बरालले राजनीतिलाई समाज सेवाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । गठबन्धनको पक्षमा जनलहर देखिएको भन्दै उनले कुनै शक्तिले गठबन्धनलाई हल्लाउन नसक्ने जिकिर गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ