कृषि, पशुपालन, पर्यटन जस्ता क्षेत्रमा सम्भावना नभएका गाउँ रित्ता हुनु त स्वभाविकै मान्न सकिएला । सम्भावना भएका गाउँ पनि खाली हुँदै जानु नीति निर्माता र कार्यान्वयन गर्नेको कमजोरी हो । यसमा गाउँलेकै पनि सार्थक प्रयास चाहिन्छ । कृषि र पर्यटनको बलियो सम्भावना भएको घाचोकमा पनि अनेक समस्या छन् ।
माछापुच्छ«े ३ घाचोकका खरिबोट, भलाबोट जस्ता फाँटमा सिँचाइको राम्रो व्यवस्था छैन । नजिकै रहेको लस्तीखोलाबाट पानी ल्याउने प्रयास भए पनि सार्थक भएको छैन । सत्ता गठबन्धनबाट कास्की ३ ‘क’ का उम्मेदवार दुर्गादत्त भण्डारीले लस्तीखोलाको पानी घाचोकमा ल्याएर युवालाई गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने वाचा गरेका छन् । मत माग्दै घरदैलोमा पुगेका उनले भने, ‘पोखरा महानगरनजिकै रहेको अनेक सम्भावना भएको घाचोकले गाउँमै समृद्धि खोज्नुपर्छ । यसका बासिन्दाले जीविकाका लागि पोखरा र विदेशको मुख ताक्नु नपर्ने अवस्था सिर्जना गर्छांैं ।’
स्थानीय राधिका केसीले पुरन्चौर घाचोक सडक कालोपत्र गरिदिन माग गरिन् । उनी भन्छिन्, ‘न सजिलो सडक पहुँच, न राम्रो सिँचाई, पोखरा नजिकैको कर्णालीबासी भएका छौं ।’ उम्मेदवार भण्डारीले आगामी ५ वर्षभित्र आफ्नो क्षेत्रमा अत्यावश्यक सबैजसो पूर्वाधार बनिसक्ने वाचा गरेका छन् । माओवादी केन्द्रका नेता उनले भने, ‘सिंहदरबारको अधिकार गाउँसम्मै आएको छ, प्रदेश सरकार आएको छ । केही समय त लाग्ला तर विकासका लागि काठमाडौं नै धाउनुपर्ने, माथिकै मुख ताक्नुपर्ने अवस्था छैन । हामी त्यसो हुन्न दिन्नौं ।’
घोचकबासीले गुणस्तरीय खानेपानीको व्यवस्था गर्नसमेत माग गरेका छन् । वर्खायाममा लस्तीखोलाको लेदो आउने र पाइपसमेत खोला, खोल्साले बगाउँदा यहाँका बासिन्दाले हैरानी भोग्दै आएका छन् । नेपाली कांग्रेसका महासमिति सदस्य रामचन्द्र त्रिपाठीले गठबन्धनको नेतृत्वमा घाचोकमा दीगो विकासको जग बस्ने आस्वासन दिए । टोलीले खरीबोट, भलाबोट, काङमाङ, लम्सालथर, नेपालीटोल, परियार टोल लगायतका क्षेत्रमा घरदैलो गरेको छ ।
टोलीमा कांग्रेस माछापुच्छ«े सभापति वीरेन्द्र गुरुङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य आशमान रोका, माओवादी केन्द्र माछापुच्छ«े उपाध्यक्ष गोपाल पोखरेल, प्रदेश कमिटी सदस्य प्रवीणा अधिकारी लगायत पाँच दलीय गठबन्धनका नेता, कार्यकर्ता र स्थानीय सहभागी छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु