कास्की क्षेत्र नम्बर १ (१) का गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार बनेका दीपक कोईरालाले लेखनाथको भण्डारढीकमा रहेको रंगशालालाई राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नती गर्ने बताएका छन् ।
कोईरालाले अघिल्लो कार्यकालमा आफ्नै नेतृत्वमा भण्डारढीक रंगशालाको मुहार फेरिएको बताउँदै अब फेरी आगामी निर्वाचनमा बिजयी भएमा उक्त रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाका रुपमा स्तरोन्नती गर्ने योजना रहेको बताएका हुन् । खेलकुदसँग मेरो विशेष सम्बन्ध र लगाव छ । अनि अनुभव पनि छ,उनले भने,‘क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)को कार्यवाहक अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष रहँदा उल्लेख्य काम भएका छन् । कास्की १ (१)मा निर्वाचित भएपछि भण्डारढीक रंगशालाको मुहार फेर्ने प्रयास रह्यो । अब राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नती गर्न फेरी जनताबीच आएको छ । गठबन्धनका उम्मेदवारको बिजयले मात्रै यो सम्भव छ ।’
गठबन्धनको चुनावी अभियानका क्रममा पोखरा–३० का ठाटडाँडा, गौडाको मुख, सिसुवा, मोहरिया, खुदी, ढुंगेपाटन, साँघुको मुख, पावरहाउस, गगनगौंडालगायतका क्षेत्रमा भएको कोणसभामा बोल्दै उम्मेदवार कोईरालाले आफूले जनतलाई ठूला सपना बाँढेर भ्रमित नपार्ने बताए । कोणसभामा सहभागिहरुमाझ उनले भने,‘म अरुहरुले जस्तो रेल र पानी जहाजका सपना बाँड्दिन । म तपाईंहरुको घरदैलो अगाडिका खाल्डाखुल्डी पुर्छु, बाटाहरु बनाउँछु । खानेपानी र सिंचाईका लागि पहल गर्छु ।’
उम्मेदवार कोईरालाले स्थानिय तहको निर्वाचनपछि थपिएका नया मतदाताले आफूलाई भोट हाल्ने विश्वास व्यक्त गरे । ‘युवाको रोजाई युवा नै हुनेमा म ढुक्क छु । त्यसैले मेरो जित सुनिश्चित छ’–उनले भने । उनले अबको कार्यकाल अविस्मरणीय र सम्झन लायक बनाउने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई मतदान गरेर बिजयी गराउन आग्रह गरे ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन