गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कास्की क्षेत्र नं. ३ (ख) का उम्मेदवार, नेपाली कांग्रेसका युवा नेता प्रकाश बरालले घान्द्रुकका समस्याका विषयमा आफू पूर्ण जानकार रहेको भन्दै यहाँको विकासमा आफूले विशेष ध्यान दिने प्रतिवद्धता जनाएका छन् ।
चुनाव प्रचार-प्रसारका क्रममा कास्कीको घान्द्रुक आएका बरालले यहाँ मुख्य समस्या सडक भएकाले आफूले जिम्मेवारी पाएपछि सडक स्तरोन्नतिका लागि विशेष ध्यान केन्द्रित गर्ने स्पष्ट पारे ।
‘यहाँको समस्या पुल र विजुली पनि हो । खोलाकै कारण घान्द्रुक आउने पर्यटकलाई समस्या भएको मैले बुझेको छु । यो समस्या छिट्टै समाधान हुन्छ’, उनले भने, ‘नेपालको एउटा प्रमुख पर्यटकीय नगरिका साथै आन्तरिक पर्यटकको पहिलो रोजाई ‘घान्द्रुक’ को विकासमा कुनै कसुर बाँकी राख्दिन ।’
विजुलीको केन्द्रीय प्रसारण लाइनको समस्या समाधान, हाइड्रोको प्रवर्द्धन, पूराना पदमार्गको संरक्षण र नयाँ पदमार्गको खोजीका लागि पनि आफूले ध्यान दिने उनले बताए ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारीका समस्याले गाउँ उजाडिएको भन्दै गाउँमै आधारभूत आवश्यकता पूरा गरेर शहर पसेकाहरुलाई गाउँ फर्काउन र बस्ती टनाटन बनाउन आफूले प्रयत्न गर्ने स्पष्ट पारे । उनले भने, ‘गाउँमा आधारभूत सुविधा पनि नभएका कारण गाउँवस्ती उजाड भएका हुन् । यहाँ के आवश्यक छ त्यो पूरा गर्न प्रयत्नशिल रहनेछु ।’
आफूले भाषणमात्र नगर्ने भन्दै उनले काम नै गरेर देखाउन आफू चुनावी मैदानमा ओर्लिएको स्पष्ट पारे । विगतमा पनि आफूले सरकारी सेवामार्फत सेवा गरेको र अब पनि जनताकै सेवामा तल्लिन रहने उनले बताए । उनले आफू पनि गाई पालेर, भकारो सोरेर, आँटो ढिंडो खाएर, डोको-नाम्लो बोकेरै हुर्किएकाले जनताको दुःख आफूले राम्रोसंग बुझ्ने बताए ।
‘हिजोका दिनमा गाईको दूध बेचेर स्कूल फि तिरेको, दशैंमा एक जोर नयाँ कपडा किनेर वर्ष नै धानेको र ढोको नाम्लो बोकेर घाँस दाउरा गरेको व्यक्ति हुँ’, उनले भने, ‘गाउँमा बसिसकेपछि कुटो, कोदालो, डोको, नाम्लो गर्नुको पीडा, थाप्ला, ढाड र हातका ठेलाका व्यथाका विषयमा पनि पूरै जानकार छु । यिनै कथा र व्यथाहरुलाई महसूस गर्न र समस्यालाई संवोधन गर्न म केही न केही प्रयत्न र प्रयास गर्न सक्छु । यसका लागि बुबाआमा, दाजुभाइ र दिदीबहिनीको मन र मत चाहिन्छ ।’
जनताले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्ने र जनताका मुहारमा खुशी ल्याउने उनले उम्मेद्वार बरालले प्रतिवद्धता जनाए ।
सम्बन्धित खबर
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
यो पनि पढौँ
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए