पोखरा वडा नम्वर १९ का मतदाताले खानेपानीको समस्या समाधान गरिदिन एमाले उम्मेरवारहरुसँग आगह गरेका छन् । पोखरा १९ को अन्य ठाउँको तुलनामा लाम्पाटामा खानेपानीको चरम अभाव भएको त्यहाँका स्थानीय बताउँछन् ।
कास्की ३ (क) का प्रदेश सभा उम्मेदवार गणेशमान गुरुङसँग मंगलवार भएको भेटमा त्यहाँका स्थानीयले भने–‘खानेपानी जस्तो मानिसको अति आधारभूत आवश्यकताबाट हामी बञ्चित भएका छौं । हामीलाई बाटोको पनि समस्या छ, हामी महानगरवासी भन्न पनि लाज लागेर आउँछ । स्थानीय, प्रदेश र केन्द्र जति प्रकारका सरकार भएपनि हाम्रो समस्या समाधान भएको छैन्, त्यसैले हाम्रा आधारभुत आवश्कतालाई पूरा गरिदिनुहोला भन्ने हाम्रो आग्रह हो ।’
स्थानीयका समस्यालाई मनन गर्दै उम्मेदवार गुरुङले भुगोलको हिसावले सुगम भएपनि सुविधाको हिसावले दुर्गम भएको पोखरा १९ का समस्यालाई जस्तो भुगोल त्यस्तै सुगम बनाउन पूर्वाधारको विकास गर्ने वचन दिएका छन् । र, निर्वाचित भएपछि पोखरा १९ बाट नै विकासको काम शुरु गर्ने उनको प्रतिवद्धता छ ।
उम्मेदवार गुरुङले मंगलवार पोखरा १९ को चितेपाति, लाम्पाटा, तल्लो काउरे, काउरे, चुरुङ्गा, भूनपुरे लगायतका स्थानका मतदातासँग भेटघाट गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन