प्रतिभामा विद्यार्थीकाे ‘बिजनेस प्लान’, व्यवसाय थाल्दा सर्वोत्कृष्टलाई ५ लाख बिऊपूँजी [भिडियोसहित]

प्रतिभामा विद्यार्थीकाे ‘बिजनेस प्लान’, व्यवसाय थाल्दा सर्वोत्कृष्टलाई ५ लाख बिऊपूँजी [भिडियोसहित]

Prativa Business Plan

पोखरा । नयाँ व्यवसाय थाल्दाका झन्झट कस्ता हुन्छन? आर्थिक रुपमा तयारी कसरी गर्ने, कस्तो व्यवसाय गर्ने? व्यवसायमा सफलता र असफलता हात पार्दा के गर्ने? यस्तै समस्या हुन्छन जो कोहीलाई नयाँ व्यवसाय थाल्दा । नयाँ व्यवसायमा आइपर्न सक्ने यस्तै चुनौती र अवसरबारे ज्ञान आदानप्रदान गर्न यहाँको पालिखेचोकस्थित प्रतिभा माविले शनिबार ‘व्यवसायिक योजना’ बारे विद्यार्थीमाझ अनुभव साटासाट गराएको छ ।
विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार दशंै–तिहारको एकमहिने बिदामा विद्यार्थीलाई आफूले जानेको र बुुझेको ‘बिजनेस प्लान’ बारे तयार गर्न लगाइएको थियो । कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीले बिदाको बेला तयार पारेको विजनेस प्लानलाई शनिबार प्रतिश्पर्धात्मक रुपमा प्रस्तुत गरेका थिए ।

भिडियाेका लागि यहाँ क्लिक गर्नुहाेस्

व्यक्तिगत रुपमा विद्यार्थीले तयार पारेको उक्त प्लानमध्ये प्रथम हुनेलाई १५ हजार, दोश्रोलाई १० हजार र तेश्रो र चौथोलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने सापकोटाले बताए । ‘११ र १२ कक्षाको तहमा पहिलो पटक यो योजना तयार पार्न लगाएका हौ । स्नातक र स्नातकोत्तर तहमा धेरै शिक्षण संस्थाले विद्यार्थीलाई बिजनेस प्लान गर्न लगाउँछन,’ सापकोटाले भने, ‘तर, प्रतिभाले ११ कक्षादेखिका विद्यार्थीलाई यो काममा संलग्न गराएको छ । सानैदेखि व्यवसायिक क्षेत्रको महत्व बुझाउन यो कार्यक्रम प्रभावकारी हुने ठानेका छौ ।’

सापकोटाका अनुसार विद्यार्थीले प्रस्तुत गरेको मध्ये प्रथम हुने विजनेस प्लानलाई विद्यार्थीले साच्चै व्यवसायिकता दिएमा विद्यालयले आर्थिक सहयोग गर्नेछ । ‘अहिले प्रस्तुत गरेको बिजनेस प्लानलाई साच्चै व्यवसायिकता दिने र आर्थिक रुपमा अवस्था कमजोर भए विद्यालयले बिउ पूँजीको रुपमा पाँच लाख रुपैयाँ सहयोग गर्नेछ,’ सापकोटाले भने, ‘आर्थिक रुपमा व्यवसाय गर्न बाट कोही पनि पछाडि हट्नु नपरोस भनेर यो सहयोग घोषणा गरिएको हो ।’

विद्यालयले दिएको बिउँ पूँजी बापतको पाँचलाख रुपैयाँ बिना ब्याज पाँचवर्षपछि विद्यालयलाई फिर्ता गर्नुपर्नेछ । ‘बिना ब्याज पाँचलाख रुपैयाँ दिदाँ व्यवसाय गर्नेलाई पनि सहज होस भन्ने हो,’ उनले भने, ‘आर्थिक समस्याको भार कम परोस भन्ने चाहेका हौ ।’ त्यसबाहेक आवश्यक परेमा विद्यालयले अरु लगानीकर्ता खोज्न पनि सघाउने उनले बताए । त्यसबाहेक विद्यार्थीले तयार पारेको बिजनेस प्लानलाई बेच्न चाहेमा पनि विद्यालयले सघाउने सापकोटाले बताए । बिक्री भएको बिजनेस प्लानको कपिराइट भने विद्यार्थीकै हुनेछ ।

प्रतिश्पर्धा सुरु हुनुअघि आयोजित कार्यक्रममा प्रमुख अतिथि सेलवेज ग्रुपका अध्यक्ष सुशीलमान प्रधानांगले व्यवसायमा अनुसन्धान, पारदर्शिता, लक्ष्य हुनुपर्ने बताए । कुनैपनि व्यवसाय सफल हुनका लागि व्यवसायीले योजना बनाउनुपर्ने उनले बताए । तीनदशक अघि आफुले सानो आकारको कपडा पसलबाट थालेको व्यवसायले अहिले ठुलो आकार लिएको अनुभव सुनाउँदै प्रधानांगले भने, ‘आफुलाई अनुकुल हुने गरि व्यवसाय गर्ने हो । कतै कमजोरी भइहालेमा पनि सुधार्न सकिन्छ ।’ यो समुहले अहिले डिपार्टमेन्टल स्टोर संचालन गरेको छ ।

प्रधानांगले दीर्घकालिन हुनेखालको व्यवसाय गर्नुपर्ने र त्यसमा पारदर्शिता आवश्यक रहेको बताए । ‘सुरुमा त निकै घाटामा पनि चल्यौ । तर, हामी आत्तिएनौ,’ व्यवसायिक अनुभव साट्दै उनले भने, ‘व्यवसाय थालेर मात्र हुँदैन । त्यससँग सम्बन्धित धेरै कुरा बुझ्नुपर्छ ।’ सेलवेजले सातजना कर्मचारीबाट थालेको व्यवसाय अन्तर्गत अहिले काठमाडौंमा मात्र २३ वटा डिपार्टमेन्टल स्टोर्स संचालन गरेको छ । सेलवेजले पोखरामा ६ वटा शाखा संचालन गरेको छ । अहिले करिब ६ सय जना कर्मचारी कार्यरत रहेको प्रधानांगले बताए ।

प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले व्यवसाय थाल्दा बीचबीचमा बाधा अवरोध आएपनि अघि बढ्ने सोच राख्नुपर्ने बताए । ‘बेलैमा सोच गरेर व्यवसाय थाल्ने हो भने दीर्घकालिन हुन सक्छ । त्यसको लागि विद्यार्थीले अहिले नै सोच्नुपर्छ,’ पौडेलले भने, ‘योजना नै अघि बढ्ने बाटो हो । आफ्ना योजनामा अवरोध आएपनि चिर्न सक्नुपर्छ ।’ उनले विद्यार्थीलाई भविश्यको व्यवसायिक यात्राको सुरुवात गर्न पनि सुझाए । ‘उद्यमी बन्नका लागि इच्छाशक्ति चाहिन्छ । त्यसको यात्रा बेलैमा थाल्नुपर्छ,’ उनले भने ।

पोखराको प्रतिभा माविमा आयोजित ‘व्यवसायिक योजना’ बारे विद्यार्थीः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ