दार्चुलामा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, दुई जना घाइते

दार्चुलामा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, दुई जना घाइते

jhadap-झडप

दार्चुला । दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन्।

नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएका सत्ता गठबन्धन दलका र नौगाडको जामिरमा आम सभा गरिरहेको एमालेका कायर्कर्ताबीच झडप भएको हो।

झडपमा परि नौगाड ६ का गठबन्धनका कार्यकर्ता ३५ वर्षीय जयभानसिंह धामी र नौगाड ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

ठगुन्नालाई सामान्य चोट लागेको र धामीलाई धनगढी रिफर गरिएको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ