गोरखामा एमाले उम्मेदवार अब्दुसको टोलीमाथि आक्रमण, एक जना गम्भीर घाइते

गोरखामा एमाले उम्मेदवार अब्दुसको टोलीमाथि आक्रमण, एक जना गम्भीर घाइते

kutpit

गोरखा । गोरखा– २ एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ।

आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका–७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले आक्रमण भएको हो।

आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ। खाइरहेको खाना छरिएको छ। घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ। उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि राति नै काठमाडौं पठाइएको छ।

गोरखा प्रहरीले घटनामा संलग्न राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिएको छ। कुटपिट गर्ने अन्य तीन फरार छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ