तनहुँमाथि स्याङ्जा ५ विकेटले विजयी

तनहुँमाथि स्याङ्जा ५ विकेटले विजयी

mom monday

पोखरा । वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगितामा स्याङ्जाले तनहुँलाई ५ विकेटले पराजित गरेको छ ।

प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेल अन्तर्गत सोमबार भएको खेलमा टस जितेको तनहुँले पहिला व्याटिङ गर्दै १ सय ५ रनको सामान्य योगफल तयार पार्‍यो । तनहुँको पारी ३६ ओभरमा समेटिदा रिन्जिन लामाको ३९ रन सर्वाधिक बन्न पुग्यो । सुप्रेम सुनारले १७ रन जोडे । स्याङजाका बलरहरु किरण भट्टराई र सुजन गौतमले समान ३ विकेट लिए ।

स्याङजाले २४.५ ओभरमा ५ विकेट गुमाएर विजय लक्ष्य प्राप्त गर्दा सुजन गौतमले नटआउट ४५ र किरण भट्टराईले २४ नटआउ रन जोडे ।

तनहुँका बलरहरु प्रदीप अर्याल र सचिन अधिकारीले समान २ विकेट लिए । खेलमा ३ विकेट सहित ४५ रन जोडेका स्याङ्जाका सुजन गौतम म्यान अफ द म्याच भए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds