पोखरा । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाका नेता कार्यकर्ता मंगलबार नेकपा एमाले प्रवेश गरेका छन् । गाउँपालिका कमिटीका सचिव तथा सत्तारुढ गठबन्धनका निर्वाचन परिचालन कमिटीका नविन गिरीको नेतृत्वमा २७ जना एमालेमा प्रवेश गरेका हुन् ।
जिल्ला सचिवालय सदस्य एवम सिटीभिटीका महानगर कमिटी संयोजक, अखिल क्रान्तिकारीका नेता विशाल पुरी, जिल्ला सदस्य मनोज लामगादे, अन्जान बुढाथाकी, प्रदिप श्रिस, गौरव पुन, सुमित मगर काला, विदुर तिमिल्सिना, विज्ञान पुरी, राजु गिरी, गाउँपालिका कार्य समिति सदस्य कृष्ण गिरी, बाबुराम गिरी, राजु विक, अमृत विक प्रविण विक, सन्तोस विक, प्रकास विक, रमेश गुरुङ, गोपी गिरी, प्रेम गिरी लगायतका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले निर्वाचन क्षेत्र नम्बर ३ का संयोजक कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा कास्कीका इन्चार्ज कृष्ण थापाले स्वागत गरेका हुन् ।

इन्चार्ज थापाले एमालेमा प्रवेशको लहर चलेको नेकपाको मुल प्रवाह एमाले भएका कारणले सबै राष्ट्रवादी शक्तिलाई समावेश गरि एमालेलाई सुदृढ बनाई निर्वाचनमा एमालेलाई जिताउन प्रवेशले सहयोग पुग्ने बताए । एकीकरण अभियान जारी रहने छ उनको भनाई छ ।
कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका एमालेका उम्मेदवार दामोदर वैरागीले पहिले पनि सँगै काम गरेको हो यसलाई प्रवेश भन्दा पनि मुल पार्टीमा समाहित हुन आएको बताए ।
राष्ट्रवादी शक्ति, श्रमजिवी, किसान मजदुरका सहयोगले एमालेको संगठन बलियो हुँदै गएको प्रदेश सभा सदस्य कास्की क्षेत्र नम्बर २ ख का उम्मेदवार राजिव पहारीको भनाई छ ।
नयाँ प्रवेशी नविन गिरीले गठबन्धनलाई समर्थन गर्ने नैतिक आधार नभएकाले एमालेलाई रोजेको बताए । उनले इमान्दार कार्यकर्ता भएर पार्टी निमार्णमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । समय परिस्थितिले जो जहाँ रहेपनि एमालेमा संगठित नहुनुको विकल्प नभएको उनको टिप्पणी छ ।
एमाले कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य का संयोजक सुरेन्द्र गुरुङले पार्टीलाई बलियो बनाउन आम राष्ट्रवादी शक्तिलाई गोलबन्द गरिने बताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पोखरा-काठमाण्डौको हवाई भाडा झण्डै २ हजारले बढ्यो