कास्की-२ लाई ‘महानगरीय विकास अवधारणा’ मा विकास गर्ने विद्याको सपना [भिडियोसहित]

कास्की-२ लाई ‘महानगरीय विकास अवधारणा’ मा विकास गर्ने विद्याको सपना [भिडियोसहित]

3

पोखरा, १ मंसीर । कास्की २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई स्वप्नद्रष्टा हुन् । उनको भिजन र उनको योग्यताका कारण उनका योजनाका पारखी धेरै छन् ।

कुनै बेला त्रिभुवन विश्वविद्यलायमा सहप्राध्यापक रहेकी भट्टराई स्पष्ट वक्ता र एक निर्भिक, निडर र खटिरहने स्वभावकी नेतृ हुन् । कास्की २ बाट अघिल्लो पटक उपनिर्वाचन जितेर सदन गएकी भट्टराईले जम्माजम्मी साढे २ वर्षमात्र काम गर्न पाइन् । नयाँ योजना, युवा सोच, रुपान्तरणकारी योजनालाई मूलधारमा ल्याउन भट्टराईको सोच फेरि सदन जाने छ ।

कास्की २ बाट उम्मेदवार बनेकी भट्टराईले यहाँको मौलिक विशेषता र कास्की २ लाई समग्र रुपमा कसरी हेर्छिन् त ? उनकै भनाइमाः

कास्की २ पहिलो कुरा गुफाहरुको क्षेत्र हो । यहाँ सेती नदी पनि छ । प्राकृतिक सौन्दर्यले पोखरा २ धनी छ । पोखरा महानगरका ११ वडा यस क्षेत्रमा समावेश छन् । पोखरा महानगरलाई कस्तो बनाउने भन्ने गुरुयोजना हामीसँग भयो भने अरु क्षेत्रमा पनि कार्यान्वयन गर्न सकिन्छ । मैले भन्ने गरेको छु, कास्की २ मा पोखराका ११ वडा भएकाले महानगरको अवधारणाबाट विकास गर्नु पर्छ । सहर विकास गरिन्छ भने विकाससँगै कुरुपता पनि निर्माण हुन सक्ने जोखिम रहन्छ । हामी डराइरहेका छौं, विकास गर्दा प्राकृतिक कुरुपता ल्याउँछ कि भनेर त्रसित छौं । त्रसित हुनुभन्दा पोखरेलीसँग भएको मोडललाई छलफल गरेर अघि बढ्छौं । एकीकृत सहरी विकास मात्रै होइन, महानगरीय विकासको धारणाबाट यस क्षेत्रको विकासलाई अघि बढाउनुपर्छ ।

यहाँ चमेरे गुफा, महेन्द्र गुफा छन् । रवीन्द्रजी पर्यटनमन्त्री हुँदा ती गुफा विकासका लागि योजना बनाइसक्नुभएको थियो । काहुँ धरहरालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ भनेर भन्नुभएको थियो, मट्टिखानलाई पनि सोही योजना थियो । ती काम बाँकी छन् । पोखरालाई पर्यटकीय राजधानी बनाउने हो भने हिजो सुरु गरेका कामलाई सम्पन्न गर्नुपर्छ । पोखराको सबल पक्ष प्राकृतिक सम्पदालाई सहरीकरणले हनन् गर्न नसकोस् भनेर हामी सचेत हुनुपर्छ । सेती नदी हाम्रो पहिचान हो, यसको संरक्षण र सौन्दर्यकरण गर्नुुपर्छ । यसको योजना विकास गरिसकेको छु, सौन्दर्यकरण गर्न सक्यौं भने सेतीको पहिचान कायम गर्न सकिन्छ । योजना पनि छ, कार्यान्वयन गर्नुपर्छ । महानगर विकास हुँदै जाँदा सामाजिक असुरक्षा पनि बढ्दै जान सक्छ, त्यसमा हामी अहिलेबाट नै सचेत बनेर सुरक्षीत बनाउन लाग्नुपर्छ । यो क्षेत्रका सबै व्यवसायी, पर्यटनकर्मी, सुरक्षाकर्मी, सामाजिक अभियान्ता, प्राध्यापकसँग अन्तरक्रिया गरेर अघि बढ्ने योजना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ