हथौडा प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

हथौडा प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

death body

दाङ । दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

बबई गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार छोराछोरी मामाघर गएका बेला श्रीमान् श्रीमतीबीच झगडा भएपछि लालबहादुरले श्रीमतीको हत्या गरेका थिए।

लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ