टिपरको ठक्करबाट पत्रकार कंडेलको मृत्यु

टिपरको ठक्करबाट पत्रकार कंडेलको मृत्यु

NB-kandel

पोखरा । रुपन्हेदीमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा एक जना पत्रकारको ज्यान गएको छ।

लु १ क ५२७६ नम्बरको टिपरले शुक्रबार साँझ बुटवल–भैरहवा खण्डस्थित तिलोत्तमा जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५ वर्षीय पत्रकार एनबी कंडेलको ज्यान गएको हो।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको टिपरले लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका कंडेलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

रुपन्देहीको सैनामैना नगरपालिका–१ रानीबगियाका कंडेल बुटवलबाट सञ्चालित ग्लोबल आवाज अनलाइनका सम्पादक थिए।

ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ