गोरखा । नेकपा एमाले गोरखाले जिल्लाको दुवै निर्वाचन क्षेत्रमा पुनः मतदान गर्न माग गरेको छ।
आइतबार विज्ञप्ति जारी गर्दै गोरखा एमालेका सचिव काजीराम रोकाले मतदानमा धाँधली भएको भन्दै चुनाव स्वतन्त्र र निष्पक्ष हुन नसकेको दाबी गरेका छन्।
विभिन्न मतदान केन्द्रहरुमा मृतक, अनुपस्थित मतदाताहरुको नामबाट मतदान गर्ने र अन्य उम्मेदवारका मतदान प्रतिनिधिमाथि हातपात गर्ने जस्ता अवान्छित क्रियाकलाप भएको एमालेको आरोप छ।
प्रतिनिधि सभातर्फ एमालेका तर्फबाट गोरखा– १ मा रामशरण बस्नेत र गोरखा– २ मा अब्दुस मियाँ निर्वाचनमा होमिएका छन्।