नेपाली कांग्रेसले मुस्ताङबाट जीतकाे खाता खाेलेकाे छ । कांग्रेस नेता रोमी गौचन थकालीका २९ वर्षीय छोरा योगेशले एमालेका उम्मेदवार प्रेमबहादुर तुलाचनलाई पराजित गरेका हुन् ।
गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे । अघिल्लो चुनावमा एमालेका तुलाचनले कांग्रेसका रोमीलाई पराजित गरेका थिए । याेगेश सम्भवतः सबैभन्दा कान्छा सांसद बनेका छन् ।
प्रेमबहादुर तुलाचन र योगेश थकाली नातामा साला–भेनाबीच पर्छन् । रोमी गौचन र प्रेम तुलाचन मामा–फुपूका छोरा (सोल्टी) हुन् । मुस्ताङका स्थानीयको भनाइमा कांग्रेस उम्मेदवार योगेशले एमाले उम्मेदवार तुलाचनलाई भेना भन्छन् । त्यसैले मुस्ताङमा एमाले र कांग्रेसबीचको प्रतिस्पर्धाभन्दा पनि साला–भेनाको प्रतिस्पर्धाको रूपमा हेरिएको थियो ।
स्थानीय स्तरमा बलियो संगठन रहेको एमालेका उम्मेदवार भएका कारण पनि तुलाचन बलिया मानिन्थे । ३० वैशाखमा भएको स्थानीय चुनावमा पनि एमाले हावी भएको थियाे । एमालेले मुस्ताङका ५ स्थानीय तहमध्ये ४ पालिकाको अध्यक्ष जितेको छ । कांग्रेस एउटा पालिकाको अध्यक्ष र २ उपाध्यक्षमा सीमित रहेको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?