आज बाला चतुर्दशी पर्व मनाइँदै

आज बाला चतुर्दशी पर्व मनाइँदै

Pashupatinath

पोखरा । आज मंगलबार मंसिर कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशी पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन पितृहरुको सम्झनामा हिन्दु धर्माबलम्बीहरुले सतबीज छरेर यो पर्व मनाउने गर्छन् । पशुपतिनाथ लगायत देशका विभिन्न तीर्थस्थलहरुमा मंगलबार बिहानदेखि नै सतबीज छर्ने भक्तजनहरुको भीड लागेको छ ।

सोमबार त्रयोदशीका दिनदेखि तीर्थस्थलमा गई पितृका नाममा बत्ति बाल्ने तथा दीपदान गरी बस्ने गर्दछन् । रातभर दीपदान गरी बसेका भक्तजनहरुले मंगलबार बिहानै सतबीज छर्ने गर्छन् । सतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो लगायत पर्दछन् ।

यस दिन सतबीज छर्दा देहान्तपछि अलपत्र परेका आत्मा वा नरकमा परेकाहरुको उद्धार भई बैकुण्ठमा बास पाउँछन् भन्ने शास्त्रीय मान्यता समेत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds